बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सडक विकासका प्रमुखसहित चारजना १ लाख ९० हजार घुससहित पक्राउ

२ फाल्गुन, २०७७ १६:३९ मा प्रकाशित

347 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत ४ जना १ लाख ९० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई १ लाख ९० हजार घुससहित रंगेहात पक्राउ परेको हो । निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको यो रकमसहित पक्राउ गरेको हो ।

वाग्मती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome