आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

थप १२२ जनामा कोरोना पुष्टि, १४४ डिस्चार्ज

३ फाल्गुन, २०७७ १८:१२ मा प्रकाशित

709 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१६ सय ४ जनाको आइसोलेसनमा छन् भने ७९ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome