शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

वासिङ मेसिनमा परेर भक्तपुरमा एक महिलाको मृत्यु

३ फाल्गुन, २०७७ १८:४२ मा प्रकाशित

341 पटक पढिएको

dead body

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा परी एक महिला मजदुरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा कमला अचानक वासिङ मेसिनभित्र घुम्ने फलामको रड परेको जानकारी दिए ।

वासिङ मेसिनमा परेर घाइते कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पुर्‍याउँदा सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए।

उनका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले कमलालाई वासिङ मेसिनमा परेर घाइते भई लडिरहेको अवस्थामा फेला पारेका थिए ।

प्रहरी नायब उपरीक्षक गिरीले कम्पनीका सञ्चालक पराजुलीले नै घाइते भई अचेत अवस्थामा फेला परेकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पठाएको भनी प्रहरीलाई जानकारी गराएको बताए । उक्त जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजेश थापाको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।

प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गरी प्रहरी टोली अस्पतालसमेत पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार वासिङ मेसिनमा परी गम्भीर घाइते कमला अस्पताल पुर्‍याउँदा नै मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएका पाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome