मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

वाणिज्य विभागका दुई कर्मचारी घुससहित पक्राउ

३ फाल्गुन, २०७७ १८:४८ मा प्रकाशित

588 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना नायव सुब्बा र अर्का लेखापढीलाई ८ हजार घुससहित नियन्त्रणमा लिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहलका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।

चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहालले भेट्ने क्रममा कर्मचारीहरु समेत मिलाउनुपर्छ भनि अतिरिक्त रकम माग गरिहरकेो सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो।

दाहालले उक्त रकम चन्दलाई दिइसकेको अवस्थामा विभाग परिसरबाट दुबैजनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome