मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

थप १०५ जनामा कोरोना पुष्टि, ९९ डिस्चार्ज

४ फाल्गुन, २०७७ १७:१३ मा प्रकाशित

243 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ३०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७४ जना क्वारेन्टाइनमा र १५ सय ८७ जना आइसोलसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome