बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

गृहमन्त्रीले देखाए कुर्सीको दम्भ : झाँक्रीलाई छाडेका अपराध महाशाखाका प्रमुखको समय अगावै सरुवा

४ फाल्गुन, २०७७ २०:३९ मा प्रकाशित

721 पटक पढिएको

crime branch head transferred

काठमाडौं – राम्रो कामको कदरभन्दा कुर्सीको दम्भ देखाउने प्रवृत्तीको कारण देशमा न्याय मर्दै गएको जो कोहिले महसुस गर्दै आएको कुरा हो । त्यस्तैमा यही फाल्गुन ३ गते सोमबार महानगरिय अपराध महाशाखाकाका प्रमुखको समय अगावै सरुवा गरेर गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफ्नो कुर्सिको दम्भ प्रस्तुत गरेका छन् ।

स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई छाडेपछि गृहमन्त्री रामबहादुर थापाले एसएसपी थापालाई त्यहाँबाट हटाएका हुन् । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापालाई हटाएर चन्द्रकुवेर खापुङलाई पठाएको छ ।

गृह मन्त्रालयले सोमबार थापाको ठाउँमा काज सरुवा गरी खापुङलाई अपराध महाशाखा पठाएको हो । थापा १० महिना मात्र अघि अपराध महाशाखाको प्रमुखको कार्यभार सम्हाल्न पुगेका थिए ।

थापालाई भर्ना तथ छनौट महाशाखा प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा गरिएको छ ।

अपराध अनुसन्धानमा अब्बल थापाको कार्यकालमा महाशाखाले ठुला आपराधिक घटनाहरूमा सफलता हात पारेको थियो भने पुराना घटनाहरूको समेत सफल रूपमा अनुसन्धान भएको मानिएको छ ।

हाल महाशाखा प्रमुखमा काज सरुवा भएका खापुङ्ग दरवारमार्ग वृतमा प्रमुख हुँदा आर्थिक लेनदेन बिबादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय तानिएका अधिकारी हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome