बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

मोरङमा झुन्डिएको अवस्थामा भेटिएकी युवतीको सुसाइड नोट : मेरो शव आमालाई जिम्मा दिनू

८ श्रावण, २०७७ १०:२४ मा प्रकाशित

415 पटक पढिएको

suicide by hanging

विराटनगर – मोरङमा मृत्त फेला परेकी युवतीको दुई दिनसम्म पनि सनाखत हुन सकेको छैन्। बेलबारी नगरपालिका-१० स्थित सृजना सामुदायिक वनमा अन्दाजी २०/२२ वर्षीया युवती मंगलबार साँझ मृत्त भेटिएकी थिइन्। सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिए पनि युवतीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एउटा ‘नोट’ पनि बरामद गरेको छ। युवतीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।‘नोट’मा लेखिएको छ, ‘भाईबहिनी र आमालाई म धेरै माया गर्छु। मेरो शव लगेर आमालाई जिम्मा दिनू।’ ‘नोट’मा आफ्नो घर विराटनगरको राजवंशी चोकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ। त्यसका आधारमा उक्त स्थानमा सोधीखोजी गरे पनि केही पत्ता लाग्न नसक्दा अनुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन प्रहरीलाई मुस्किल परिरहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले अहिलेसम्म कोही आफन्त प्रहरीको सम्पर्कमा नआएको बताए। कोही पनि सम्पर्कमा नआउँदा युवतीका बारेमा केही पनि कुरा पत्ता लाग्न नसकेको र शवको सनाखत हुन नसकेको उनको भनाइ छ। प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome