शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

५ फाल्गुन, २०७७ १८:०९ मा प्रकाशित

734 पटक पढिएको

bagmati province office

मकवानपुर – बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बुधबार दिउँसो २ बजे बस्ने भनिएकामा विशेष कारणले सभामुखले स्थगन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहको आरोप छ।

प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गर्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन जोड दिएको छ। प्रचण्ड-माधव पक्षले शाक्यलाई दलको नेतासमेत चयन गरिसकेको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन्। तीमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेकोमा ३ सांसदले फिर्ता लिएपछि प्रचण्ड-माधव पक्षमा ४२ सांसद रहेका छन्। ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन्। केही सांसद अझै स्पष्ट भएर लागेका छैनन्।

अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ। प्रचण्ड-माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या अपुग छ। अविश्वास प्रस्ताव पारित हुने वा नहुने सम्बन्धी निर्णय कांग्रेससहित अन्य दलका सांसदमा निर्भर हुने देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome