शुक्रबार, १४ फाल्गुन २०७७
शुक्रबार, १४ फाल्गुन २०७७

IT Training Nepal

थप १२५ जनामा कोरोना पुष्टि, ९१ डिस्चार्ज

५ फाल्गुन, २०७७ १८:२९ मा प्रकाशित

702 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७२ जना क्वारेन्टाइनमा रहेका छन् । १३ जनाको भेन्टिलेटरमा र ६१ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome