६ फाल्गुन, २०७७ १८:१६ मा प्रकाशित
416 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनासहित देशभर थप ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ५०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर १६ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ५८ रहेको छ।