सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

निर्वाचनका लागि तयारीमा रहन नेम्वाङको आग्रह

६ फाल्गुन, २०७७ १८:३५ मा प्रकाशित

711 पटक पढिएको

subash chandra nemwang

इलाम – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्। सदरमुकाममा बिहीबार आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ‘, नेता नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome