शुक्रबार, १४ फाल्गुन २०७७
शुक्रबार, १४ फाल्गुन २०७७

IT Training Nepal

उपत्यकामा ३४ सहित देशभर थप ९७ जनामा कोरोना पुष्टि, ११४ डिस्चार्ज

७ फाल्गुन, २०७७ १८:३१ मा प्रकाशित

388 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३४ जनासहित देशभर थप ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । ६९ जना क्वारेन्टाइनमा रहेका छन् भने १५ सय ८३ जना आइसोलेसनमा रहेका छन्। यस्तै ६० जनाको आइसीयूमा र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ६१ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome