बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

भागरथी हत्या प्रकरण : आरोपितले बुवाकै अगाडि स्वीकारे बलात्कार

७ फाल्गुन, २०७७ १८:४१ मा प्रकाशित

356 पटक पढिएको

bhagrathi rape and murder case

धनगढी – बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न भनेर सार्वजनिक गरिएका दिनेश भट्टले बुवाकै सामुन्ने हत्या र बलात्कार गरेको स्वीकार गरेका छन् ।

सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपक भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले बतायो । दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ मा १८ वर्ष भन्दा मुनीकोलाई बालबालिका भनिने व्यवस्था रहेको बताए । दिनेश १६ वर्षका रहेकाले, सरकारी वकिलको कार्यालयमा संरक्षकको रुपमा दिनेशका बुवा दिपक भट्ट सहभागी भएका हुन् ।

‘पहिला लडाएँ, त्यसपछि अर्को पल्ट पनि लडाएर अलि तल लगेँ, उ (भागरथी) प्रतिकार गर्ने अवस्थामा नरहेका बेला एक पटक यौन सम्पर्क गरेँ । अनी घाँटी थिचेर हत्या गरेँ भनेर उनले सरकारी वकिलको कार्यालयमा बुवाको सामुन्नेमै बयान दिएका छन्’, उच्च प्रहरी स्रोतले भन्यो।

सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले घटनामा आफू मात्रै संलग्न रहेको बताएका छन् । ‘घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका छन्’, स्रोतले भन्यो ।

दिनेशले प्रहरी चौकी खोचलेकमा दिएको प्रारम्भिक बयानमा आफू खोचलेक बजारबाट भागरथीको पछिपछि गएको, सिल्ल भन्ने गाउँमा भागरथीलाई उछिनेर अगाडि गएको र घटनास्थलमा ढुकेर बसेको बताएका थिए । उनले भेट हुने बित्तिकै एयरफोन लगाएर गीत सुनेर आफू नजिक आएकी भागरथीलाई घचेटेर खोल्सामा फालेको, त्यसपछि अलि तल गएर पुनः तल फालेको, ऊ अचेत भएपछि हत्या गरेको मात्रै बयान दिएका थिए ।

प्रारम्भिक बयानमा, प्रहरीलाई उनले भागरथीको तल्लो वस्त्र खोलेको मात्रै तर बलात्कार नगरेको बताएका थिए । यही कुरा सञ्चार माध्यममा आएपछि, सबैले हत्या दिनेशले गरे भने बलात्कार कसले गर्‍यो भनेर प्रश्न उठाएका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला स्थानीय लवलेक सामुदायिक वनमा भागरथीको बलात्करपछि हत्या भएको थियो । २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको २२ गते शव भेटिएको थियो ।

प्रहरीले, घटनामा संलग्न भएको आरोपमा मंगलबार भागरथीकै भाइ नाता पर्ने १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीले लिएको प्रारम्भिक बयानमा दिनेशले आफूले घरायसी रिसइबीका कारण भागरथीलाई खोल्सामा लडाएर हत्या मात्रै गरेको बयान दिएका थिए ।

दिनेशले, बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मलेलन गर्दासम्म आफन्तले सोधपुछ गर्दा पनि बलात्कार नगरेर हत्या मात्रै गरेको स्वीकार गरेका थिए । जिल्ला अदालत बैतडीबाट अनुसन्धानका लागि भन्दै मंगलबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थपिएको छ ।

दिनेशको बिहीबार १० बजेदेखि बेलुकी साढे ६ बजेसम्म दिनभरी सरकारी वकिलको कार्यालय बैतडीमा बयान भएको छ । ‘दिनेशले घटनामा आफूबाहेक कोही पनि संलग्न नभएको बयान दिएका छन्’, बैतडीका भानदेव जोशीले भने, ‘अनुसन्धानका क्रममा भएकाले बयानको बारेमा सबै भन्न मिल्दैन ।’

अभियुक्तले बताएको आधारमा घडी भेटियो

हत्याका दिन भागरथीले लगाएको घडी, शव भेटिएको स्थान नजिकै भेटिएको छ । आरोपितले दिएको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरिक्षक जनक धामीको नेतृत्वमा गएको प्रहरी टोली र आफन्त घटनास्थल गएका थिए ।

‘अभियुक्तका काका देवराज भट्ट, भागरथीका दाइ केशव भट्ट र प्रहरीको टोली घटनास्थल गयो, आरोपितले भनेको स्थानमा हिलो लागेको अवस्थामा घडी फेला परेको छ’, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी मुकेश सिहले भने ।

सरकारी वकिलको कार्यालयमा बयानका क्रममा आरोपितले बलात्कारपछि हत्या गरेर फर्किँदा घटनास्थलकै अलि माथि घडी भेटिएको र त्यो घडी पश्चिमतर्फ फालेको बयान दिएका थिए । त्यही बयानका आधारमा घडी छ कि छैन भनेपछि आफन्तसहित प्रहरी टोली घडी खोज्न पुगेको थियो ।

‘हामीले आफन्त लगेर नै घटनास्थलमा अभियुक्तले भनेको लोकेशनमा घडी खोज्यौँ । आसपासमै हिलोले लत्पतिएको अवस्थामा घडी पाइयो’, घटनास्थल गएका प्रहरी निरिक्षक जनक धामीले भने ।

१७ औं दिनपछि भागरथीको अन्तिम संस्कार गरिँदै

१७ वर्षीया भागरथी भट्टको मृत्यु भएको १७ औँ दिनमा आज दाहसंस्कार गरिने भएको छ । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन्। नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताए। उनले भने, ‘नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।’

सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिए। उनले भने, ‘भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुपर्छ ।’

यसैबीच पत्रकारले पार्टीको महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नमा नेता साउदले पार्टीको महाधिवेशन अगामी भदौमा हुने बताए । कोरोना कहर, प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचन घोषणाले तोकिएकै समयमा महाधिवेशन हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘पार्टीको समायोजन हुननसक्नु, राज्य पुनःसंरचनाका बेला भूगोल परिवर्तन हुनु र कोरोना महामारीका कारण यही फागुन ७ गते हुने भनिएको महाधिवेशन हुन सकेन ।’

फागुनमा हुन नसके पनि भदौपछि कानूनले पनि महाधिवेशन गर्न नमिल्ने भएकाले जसरी पनि भदौमा महाधिवेशन हुने जिकिर गरे। उनले भने, ‘संविधानमा कुनै पनि दलले पाँच वर्ष छ महिनाभित्र महाअधिवेशन गरिसक्नुपर्ने उल्लेख छ, त्यसैले हामी भदौमा जसरी भए पनि महाधिवेशन गर्छौँ ।’

वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत भएको उनको भनाइ थियो । ‘प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो तर अहिले नै हामीले आन्दोलनमा जानु उपयुक्त होइन, उनले भने, ‘विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ, अदालतको फैसला पर्खिएका छौँ, अदालतको फैसला मान्छौँ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome