८ फाल्गुन, २०७७ १८:०९ मा प्रकाशित
292 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जनासहित देशभर थप ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर १५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । ७१ जना क्वारेन्टाइनमा छन् भने १५ सय ३५ जना आइसोलसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ६१ रहेको छ।