शुक्रबार, १४ फाल्गुन २०७७
शुक्रबार, १४ फाल्गुन २०७७

IT Training Nepal

चिनियाँ लडाकु विमान प्रवेश गरेपछि ताइवानको क्षेप्यास्त्र प्रणाली सक्रिय

८ फाल्गुन, २०७७ १८:४८ मा प्रकाशित

704 पटक पढिएको

taiwan activates missile

काठमाडौं – आठ वटा चिनियाँ लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले क्षेप्यास्त्र प्रणाली सक्रिय बनाएको छ ।

हालै चीनले ताइवानको वायु रक्षा पहिचानको दक्षिणपश्चिम आकासमा लडाकु विमान उडाएपछि उसले क्षेप्यास्त्र प्रणालीलाई सक्रिय बनाएको हो ।

ताइवानले नयाँ रक्षामन्त्री र अनुसन्धान प्रमुख घोषणा गरेपछि नै दुईपक्षीय तनाब बढेको हो । ताइवानका रक्षामन्त्रीका अनुसार चीनले शुक्रबार चारवटा ‘जे-१६’ र चार ‘जे एच-सेभेन’ विमान ताइवानको क्षेत्रमा उडाएको थियो ।

चीनले ती विमान ताइवानको नियन्त्रित क्षेत्र रहेको दक्षिण चीन सागरको आकासमा उडाएको जनाएको छ। जुन ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा परेको बताइन्छ ।

पछिल्लो समय चीनले आफुले दावी गर्दैआएको टापु आसपास सैन्य गतिविधि बढाउँदैआएको छ । चीनले ताइवानप्रति पनि अमेरिकासँग मिलेकोमा आक्रोस व्यक्त गर्दैआएको छ । जबकि अमेरिका ताइवानलाई हतियार सप्लाइ गर्ने एक प्रमुख देश हो ।

चीनले यसअघि पनि ताइवानको आकासमा लडाकु विमान उडाउने गरेको थियो । ताइवान तथा दक्षिण चिन सागरको जलमार्गलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाब बढ्दैगएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome