शुक्रबार, २१ फाल्गुन २०७७
शुक्रबार, २१ फाल्गुन २०७७

IT Training Nepal

विवादास्पद जलक्षेत्रमा चीनको बल प्रयोग विरुद्ध अमेरिकाको चेतावनी

८ फाल्गुन, २०७७ १८:५४ मा प्रकाशित

366 पटक पढिएको

us china disputed sea area

काठमाडौं – दक्षिण चीन सागरमा चिनियाँ अभियानलाई गैरकानुनी भन्दै अमेरिकाले विवादास्पद जलक्षेत्रमा चीनको बल प्रयोग विरुद्ध चेतावनी दिएको छ ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिनियाँ गतिविधिबारे आपत्ति जनाएको हो । हालै चीनले उसको भनिएको पानीमा विदेशी जहाज प्रवेश गर्दा त्यसविरुद्ध हतियार प्रयोग गर्नसक्ने भन्दै अधिकार सहितको कानुन बनाएपछि अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको हो ।

‘हामी चिन्तित छौँ कि चीनले यस कानुनबाट दक्षिण चीन सागरमा गैरकानुनी रुपमा आफ्नो समुद्री दावी गर्नसक्छ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले यसअघि पनि दक्षिण चीन सागरमा चिनियाँ दावीको अधिकांश भागलाई गैरकानुनी भन्दैआएको छ ।

अमेरिकाले लामो समयदेखि नै रणनीतिक जलमार्गमा चिनियाँ दाबीलाई अस्वीकार गर्दैआएको छ । तर अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भियतनाम र फिलिपिन्स जस्ता दक्षिणपूर्वी एसियाली देशहरुलाई विवादमा अल्झिनु भन्दा आफ्नो स्थान स्पष्ट बनाउन भनेका थिए ।

दक्षिण चीन सागर क्षेत्रमा चीन र अमेरिकाबीच कायम विवाद पछिल्लो समय गहिरिँदै गएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि दुई देशबीचको विवाद साम्य हुने संकेत देखिएको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome