सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

प्रदेश प्रमुख झालाई १०१ किलोको मालाले स्वागत

९ फाल्गुन, २०७७ १८:२१ मा प्रकाशित

652 पटक पढिएको

province 2 chief rajendra jha

जनकपुरधाम – प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झा ‘अहिराज’ पदभार ग्रहण गर्न जनकपुर आइपुगेका छन्।

पत्नी र छोरासँगै जनकपुर आएका झालाई समर्थकले भव्य स्वागत गरे यता प्रदेश २ सरकारकारले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहालाई स्वागतका लागि पठाएर औपचारिकता मात्र निर्वाह गरेको छ।

प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित अन्य ६ जना मन्त्रीमध्ये कोही पनि विमानस्थल गएनन्। यस अघिका प्रदेश प्रमुखलाई मुख्यमन्त्री तथा उनका मन्त्रीलेनै स्वागत गर्ने गरेका थिए।

प्रदेश प्रमुख झालाई विमानस्थलमै समर्थकले १ सय १ किलो फूलको माला लगाएका थिए।

विमानस्थलको भीआईपी कक्षमा प्रमुख झालाई सञ्चारकर्मीले पदभार सम्हाल्न जनकपुर आउँदा तपाईको रिएक्सन के छ भनेर प्रश्न गरेका थिए। जवाफमा झाले भने, ‘म आफ्नो घर आएको छु र अब रियाक्सन होइन एक्सन हुनेछ।’

उनको स्वागतमा नेकपाको ओली समूहका युवाले नगरमा मोटरसाइकल र्‍याली निकालेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome