आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

उपत्यकामा ४९ सहित देशभर थप ८० जनामा कोरोना पुष्टि, १२१ डिस्चार्ज

९ फाल्गुन, २०७७ १८:२७ मा प्रकाशित

428 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ जनासहित देशभर थप ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ६९ हजार ८७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । ६८ जना क्वारेन्टाइनमा छन् भने १४ सय ९४ जना आइसोलसनमा रहेका छन् । १० जनाको भेन्टिलेटरमा र ५२ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ६१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome