शुक्रबार, १४ फाल्गुन २०७७
शुक्रबार, १४ फाल्गुन २०७७

IT Training Nepal

रुसमा बर्ड फ्लू चराबाट मान्छेमा सरेको भेटियो

९ फाल्गुन, २०७७ १८:३३ मा प्रकाशित

502 पटक पढिएको

bird flu testing lab

काठमाडौं – चराबाट मान्छेमा बर्ड फ्लू सरेको पहिलो केस भेटिएपछि रुसले विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरेको छ ।

ए एच ५ एन ८ नामको बर्ड फ्लू मानव शरीरमा सरेको भन्दै उक्त केसलाई रुसले निगरानी गरेको हो । एच ५ एन ८ प्रकोप पछिल्लो समय रुस, यूरोप, चीन, मध्यपूर्व र उत्तर अमेरिकी देशमा देखा परेको बताइएको छ । तर उक्त प्रकोप कुखुरा फार्ममा मात्रै देखिएको छ ।

एच ५ एन १, एच ७ एन ९ र एच ९ एन २ प्रकोप मानव शरीरमा फैलिएको बुझिएको हो । यसबारे डब्लूएचओका अधिकारीहरुले शनिबार जनाएका हुन् ।

विज्ञहरुका अनुसार यस्तो प्रकोप चराहरुका लागि घातक मानिए पनि मानव शरीरमा पहिलो पटक फैलिएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome