मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

उपत्यकामा ५३ सहित देशभर थप ११० जनामा कोरोना पुष्टि, १०२ डिस्चार्ज

११ फाल्गुन, २०७७ १८:४४ मा प्रकाशित

247 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनासहित देशभर थप ११० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७० हजार ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ६५ जना क्वारेन्टाइनमा छन् भने १ हजार ६ जना संस्थागत आइसोलेसनमा छन्। १२ जनाको भेन्टिलेटरमा र ४६ जनाको आइसीयूमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ६५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome