सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. विश्वकर्मा

११ फाल्गुन, २०७७ १८:४८ मा प्रकाशित

561 पटक पढिएको

nirmal kumar bishwakarma

काठमाडौं – नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

‘आज मिति २०७७ फागुन ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome