सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

पोखरीमा डुबेर झापामा तीन बालकको मृत्यु

८ श्रावण, २०७७ १५:२८ मा प्रकाशित

501 पटक पढिएको

drowned graphic

झापा – भद्रपुरमा नगरपालिका २ मा तीन बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षीय छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर-२ बस्ने कमला थामीका दुईजना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको जिल्ला प्रहरी झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

वडा नम्बर २ को पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको थापाले बताए। थापाका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा माछा मार्न भनि गएका तीनैजना बालक साँझ घर फर्केनन् । घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजेतिर बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो ।

पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले बिहीबार बिहान थामी दाजुभाइको शव सोही पोखरीबाट निकालेको प्रवक्ता थापाले जानकारी दिए।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।कमल धाप सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीनजना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीय आक्रोशित छन् ।

उक्त कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिले निर्माण कम्पनी आरएन्डसी नयाँ युग जेभीले ठेक्‍का दिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome