शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

रुपन्देहीमा सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ

१३ फाल्गुन, २०७७ १५:४३ मा प्रकाशित

555 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

भैरहवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीका दुई जना अधिकृतलाई ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई घुससहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालय सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

उनले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै दुवै अधिकृतले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गैडहवा ३ बाट नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome