शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

धारिलो हतियारले हानेर मानसिक सन्तुलन गुमाएका भाइले गरे दाइको हत्या

८ श्रावण, २०७७ १५:३१ मा प्रकाशित

743 पटक पढिएको

murder graphics

रुकुम – मानसिक सन्तुलन गुमाएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ बस्ने ३४ वर्षीय भिम भनेर चिनिने भुपेन्द्र मल्लले आफ्नै दाइको हत्या गरेका छन् ।

घरमै हत्या गरेर बारीमा गाडेको अवस्थामा ४५ वर्षीय दाइ हरिबहादुर भन्ने पठान मल्लको शव फेला परेको हो । एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकाले घटना ढिला थाहा भएको हो ।

आफ्नै भाइले चक्‍कु प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome