शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

भारतीय र पाकिस्तानी सेनाबीच युद्धविरामको सम्झौता

१३ फाल्गुन, २०७७ १७:४९ मा प्रकाशित

731 पटक पढिएको

India Pakistan agreement on ceasefire

काठमाडौं – पाकिस्तान र भारतका सेनाले कश्मीरको विवादित सीमा क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने सम्झौता गरेका छन् ।

पाकिस्तानी सेनाका अनुसार दुबै पक्षका सैन्य अपरेशन महानिर्देशकहरुबीच हट लाइन वार्तामार्फत् बिहीबार बिहान यस्तो सम्झौता भएको हो ।

दुबै सैन्य अधिकारीहरु आफूहरुबीच भएका सबै सम्झौताको कडा रुपमा पालना गर्न पनि तयार देखिएका छन् । स्वतन्त्र, स्पष्ट र सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारत र पाकिस्तान प्रशासित कश्मीरको नियन्त्रण क्षेत्र (एलओसी) मा वर्षौंदेखि युद्ध जारी थियो । तर यस वार्तासँगै उक्त विवादित क्षेत्रमा दुई देशका सेनाहरु भीडन्त गर्ने छैनन् । यसअघि पनि सम्झौता भए पनि दुबै देशका सेनाले युद्धविराम उल्लंघन गर्दैआएका थिए ।

गत वर्ष दुबै पक्षका सेनाको आपसी भीडन्त तथा आक्रमणमा परी २८ जना मारिएका छन् । साथै २५७ जना घाइते भए । पाकिस्तानका अनुसार भारतीय पक्षले जनवरी १ देखि यस क्षेत्रमा १७५ पटक युद्धविराम उल्लंघन गरेको छ । साथै ८ जना घाइते समेत भएका छन् ।

यस्तै भारतको गृह मन्त्रालयका अनुसार २०२० मा पाकिस्तानले ५१३३ पटक युद्धविराम उल्लंघन गरेको थियो । २२ नागरिक र २४ सुरक्षाकर्मीहरु मारिएका थिए । साथै १९७ जना घाइते भएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome