१३ फाल्गुन, २०७७ २०:१८ मा प्रकाशित
750 पटक पढिएको
बारा – जिल्ला प्रहरी कार्यालय बाराको टोलिले श्रोत नखुलेको २५ लाख ३५ हजार रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज -७ का ३५ बर्षिय चन्द्र शेखर प्रसाद र ३८ बर्षिय सन्जय कुमार रहेक छन् ।
उनिहरुलाई प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका ८ बरेवा टोलस्थित कलैया मटिअर्वा सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।
गस्तिमा रहेको बारा प्रहरीले भारतीय नम्बरको मोटर्साइकलमा रहेका उनिहरुमाथी शंका लागी खानतलासी गर्दा शरीर र मोटरसाइकलको डिकिमा लुकाइ राखेको अवस्थामा २५ लाख ३५ हजार रुपैँया बरामद गरेको छ । रकमबारे सोधपुछ गर्दा श्रोत खुलाउन नसकेको बारा प्रहरीले जनाएको छ ।