मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

राष्ट्रियता र स्वाभिमान बलियो बनाउन राष्ट्रवादी आन्दोलन आवश्यक छ : कमल थापा

१५ फाल्गुन, २०७७ १७:४३ मा प्रकाशित

698 पटक पढिएको

kamal thapa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिस्ट र कांग्रेसकोको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको बताए ।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे।

राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लढ्नुपर्दैन भन्नेहरुनै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रती थापाको कडा कटाक्ष थियो।

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए।

कार्यक्रममा युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला, पार्टी काठमाडौं अध्यक्ष नवराज सिम्खडा ,युवा संगठनका नेता गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धीप्रताप जङ्ग राणाले सम्बोधन गरे ।

कार्यक्रममा दुई सय ५५ युवा पार्टीमा प्रवेश गरेको संगठनका उपाध्यक्ष कैलाश कटवालले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome