शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न संयुक्त राष्ट्र संघमा सिफारिस

१५ फाल्गुन, २०७७ १७:५० मा प्रकाशित

727 पटक पढिएको

united nations

काठमाडौं – नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको छ। संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिका लागि सिफारिस पाएको हो।

‘संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई पाँच वर्षको तयारी अवधिसहित विकासशील मुलुकमा स्तरोन्नतिको लागि सिफारिस गरेको छ’, मन्त्री ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय आकांक्षाको यात्रामा नेपालको विकासका लागि यो महत्वपूर्ण कोषेढुङ्गा हो।’

नेपालले अब सन् २०२६ सम्ममा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्छ। प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन्।

यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ। विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालसहित लाओस र बङ्गलादेशसमेत सिफारिसमा परेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome