मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

नाइजेरियामा सशस्त्र समूहले गर्‍यो ३१७ छात्रा अपहरण

१५ फाल्गुन, २०७७ १७:५५ मा प्रकाशित

651 पटक पढिएको

More Than 300 Girls Kidnapped in Latest Nigerian School Abduction

काठमाडौं – नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहृत विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।

‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी प्रवक्ता मोहम्मद सेहुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘जाम्फारा राज्यको प्रहरी कमान्डले सेनाको समन्वयमा संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।’

स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तर–पश्चिम क्षेत्रको विज्ञान विषय पढाइ हुने उक्त विद्यालयबाट विद्यार्थीलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महŒवपूर्ण सम्पत्ति लुट्ने गरेका घटना सञ्चारमाध्यममा पटक–पटक आएका छन् ।
उक्त समूहले गत साता पनि यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेको थियो । डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका ३ सय किशोर अपहरणमा परेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विद्यार्थीलाई छाडिएको थियो । पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome