मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

वीरगन्जमा बालविवाह गर्ने बेहुला र बुबा पक्राउ

१५ फाल्गुन, २०७७ १७:५७ मा प्रकाशित

470 पटक पढिएको

arrested illustration

वीरगन्ज – प्रहरीले बालविवाह गर्ने बेहुला र उनका बुबालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो।

गत माघ १९ गते वीरगन्ज १६ लक्ष्मीनारायण टोल निवासी १७ वर्षीया किशोरीसँग ती १९ वर्षीय युवकको मागी विवाह भएको थियो। मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ। त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ। यो कसुर प्रमाणित भए ३ वर्षसम्म कैद र ३० रुपैयाँसम्म जरिवानाको कानूनी व्यावस्था छ।

१९ वर्षीय युवकले १७ वर्षीया बालिकासँग विवाह गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उक्त उजुरीको आधारमा शुक्रबार बेहुला र बेहुलाका बुबालाई घरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जना विरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट शुक्रबार नै ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

खनालका अनुसार बालविवाह गरेको उजुरी दिने हद म्याद ३ महिनासम्म हुन्छ। त्यसैले नगवाका १९ वर्षीय युवकले १७ वर्षीया बालिकासँग माघ १९ गते नै बालविवाह गरेको भए पनि ३ महिना भित्रै सुचना आएकाले बेहुला र उनका बुबालाई नियनत्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

खस गरी मधेसमा उमेर नपुगी बालविवाह गर्ने प्रवृति धेरै रहेको भए पनि त्यस सम्बन्धी सुचना र उजुरी प्रहरीमा नआउँदा, कारबाही गर्न प्रहरीलाई समस्या हुने गरेको प्रहरी नायव उपरीक्षक खनालले बताए। उनले भने,‘यदि कसैले बालविवाह हुँदैछ भन्ने सुचना मात्रै दिए पनि प्रहरीले बालविवाह गर्ने र गराउने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गरिहाल्छ।’

बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome