सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,२४१ पुग्यो

८ श्रावण, २०७७ १६:४७ मा प्रकाशित

583 पटक पढिएको

corona positive

काठमाडौं – बिहीबार उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका ५ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ५८ जना रहेका छन्। जसमध्ये प्रदेश १ मा १२४, प्रदेश २ मा एक हजार एक सय ९७, बागमती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय ३८ जनाको उपचार भइराखेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome