शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

११ वर्षीय अनाथ बालिकामाथी बलात्कारको प्रयास गर्ने एक पक्राउ

१६ फाल्गुन, २०७७ १७:२७ मा प्रकाशित

761 पटक पढिएको

rape graphic

विराटनगर – मोरङको जाहदा गाउँपालिकाका एक अनाथ बालिकालाई बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ परेका छन् ।

अविभावकबिहीन ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरीया शनिवार सुनसरीको साहेवगंजस्थित नेपाल भारतको सिमवर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।

फागुन ६ गते बलात्कारको प्रयास भएपनि एक हप्तापछि घटना सार्वजनिक भएको हो । मोरङको जाहाद गाउँपालिकाका १ स्थित धुनिटोलमा एक ११ वर्षीय बालिकामाथि बलात्कारको प्रयासको घटनालाई गाउँमा स्थानीय अगुवा र छिमेकीको दबाब दिएर मिलाउने प्रयास गरिएको थियो ।

अगुवाहरुको दबाबका कारण एक सातासम्म गुपचुप पारिएको बलात्कार प्रयासको घटना एक हप्ता पश्चात सार्वजनिक भएको हो । सबैतिरको दबाब झेल्दै न्यायका लागि प्रहरीसम्म पुग्न नसकेका उनका आफन्त त्यसलाई चिर्दै कानुनी लडाइँमा निस्किएका छन्।

बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको इप्रका रानीका प्रहरी निरक्षण दिपक थापाले बताए । नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

बालिकाको संरक्षण गर्दे आएका आफन्त पैसाको दबाबमा नआएर प्रहरीमा जाहेरी दिनु अघि नै सरवरीया फरार भएका थिए । फरार भएका सरवरीयाको खोजी तिब्र पारिएको थियो ।

सरवरीयाले साहेवगंज हुदै भारतको दिल्ली जाने र त्यहाँबाट जाहेरी दिनेलाई बदला लिने धम्की बालिकाका आफन्तलाई दिँदै आएको थियो । पक्राउ पर्नु अघिसम्म उसका आफन्तले निरन्तर धम्की दिने गरेको बताए ।

संरक्षण गर्दे आएकी मावली हजुरआमा बिहेको भोजमा बाहिर गएका बेला छिमेकी राजकिशोर भगतको घरमा रहेको वयर टिपेर आइरहेको बेला सरवरीयाले मुख थुनेर मकैको खेतमा लगेको खुलेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome