१७ फाल्गुन, २०७७ १७:०८ मा प्रकाशित
586 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७० हजार ४७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर ९६८ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने २ हजार ७७७ रहेको छ।