मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

पूर्वडीआईजी कोइरालालाई रिहा गर्ने फैसलाविरुद्ध सर्वोच्चमै पुनरावलोकन निवेदन

९ श्रावण, २०७७ ०६:३५ मा प्रकाशित

483 पटक पढिएको

ex dig ranjan koirala

काठमाडौं – सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन माग गर्दै सर्वोच्च अदालतमै निवेदन दर्ता भएको छ।

पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्‍जीवराज रेग्मीले जानकारी दिए।

प्रधानन्यायाधीशसहितको संयुक्त इजालसको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दिएको हो।

प्रवक्ता रेग्मीले पुनरावलोकनमा जाने कानुनी व्यवस्था अनुसार नै निवेदन दिएको बताए। जिल्ला र पुनरावेदन अदालतको फैसलाको आधारमा यस्ता किसिमको मुद्दाको पुनरावलोकन हुने उनको भनाइ छ।

डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार दिउँसो थुनामुक्त भएका हुन्। श्रीमतीको हत्या आरोपमा २०६८ माघ ८ गते चितवनको नारायणगढबाट काठमाडौं फर्किर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

श्रीमती हत्याको मुद्दामा काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही मुद्दामाथि सुनुवाइ गर्दै असार १५ गते सर्वोच्च अदातले उनको थुनाअवधि घटाएर आठ वर्ष ६ महिनामा झारेपछि उनी बिहीबार रिहा भएका हुन्।

सर्वोच्चको फैसलापछि कोइराला श्रीमती हत्या मुद्दामा साढे ११ वर्ष कैद छुट पाएर जेलमुक्त भएका हुन्। असार १५ मा मात्र छोराछोरीको संरक्षण, शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको भन्दै सर्वोच्च अदालतले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

कोइरालालाई काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही फैसलालाई २०७२ मंसिर २३ गते पुनरावेदन अदालत पाटनले सदर गरेको थियो।

श्रीमतीको हत्या गरेर जन्मकैदको सजायमा छुट भएपछि जेलमुक्त भएका कोइरालालाई लिन भने बिहीबार डिल्लीबजार कारागारमा उनकी प्रेमीका तारा रेग्मीका पुगेकी थिइन्। तारा बा १८ च ५४१७ नम्बरको कार लिएर पूर्वडीआईजी कोइराला लिन पुगेकी हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome