शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

नेकपा विवाद छिटो टुंग्याउन आयोगलाई ५ पूर्वआयुक्तको आग्रह

१९ फाल्गुन, २०७७ २०:४७ मा प्रकाशित

470 पटक पढिएको

election commission nepal

काठमाडौं – निर्वाचन आयोगका पाँच पूर्वआयुक्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निकास तत्काल दिन आयोगलाई सुझाव दिएका छन् । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पाँचजना पूर्वआयुक्तले यस्तो आग्रह गरेका हुन् ।

नेकपा विवादमा उठेका प्रश्नको निरुपण नहुँदा गम्भीर प्रश्न उठेको भन्दै सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले यस्तो आग्रह गरेका हुन् ।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्ततताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आयोग निर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरुका आधारमासमेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौँ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome