मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

थप १०७ जनामा कोरोना पुष्टि, ७८ डिस्चार्ज

२० फाल्गुन, २०७७ १६:५३ मा प्रकाशित

295 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७० हजार ६८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७९५ जना सक्रिय संक्रमित रहेका छन् । ५७ जना क्वारेन्टाईनमा छन् भने ७९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको पनि मृत्यु भएको छैन। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३ हजार १० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome