२० फाल्गुन, २०७७ १६:५६ मा प्रकाशित
374 पटक पढिएको
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफू मधेश विरोध नभएको बताएका छन्। राष्ट्रिय गौरबको आयोजना सुनकोशी -मरिण डाइभर्सनको शिलान्यास गर्न बिहीबार सिन्धुली पुगेका प्रधानमन्त्री ओलीले आफूलाई मधेश पस्न रोकेपनि आयोजनाको पानी नरोक्न आग्रह गरे।
‘केपी ओली भनेको मधेश विरोधी हो। यसलाई मधेशमा पस्न दिनु हुँदैन भन्थे। केपी ओली नपसे पनि पानी पसाइदिन्छ । खेत भिजाइदिन्छ। केपी ओलीलाई पस्न नदिएपनि तर तपाईंहरुका सुख्खा खेतलाई चिसा बनाइदिन्छ केपी ओली,’उनले भने।
उनले मुख्यमन्त्रीमार्फत तराई मधेशमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरे। उनले भने,’ मुख्यमन्त्रीमार्फत खबर पठाउन चाहन्छु केपी ओलीलाई पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला।’
सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।