आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

२२ तोला सुनसहित नागढुङ्गा चेकपोष्टबाट भारतीय नागरिक पक्राउ

२१ फाल्गुन, २०७७ १६:४१ मा प्रकाशित

819 पटक पढिएको

gold chain seized

काठमाडौं – महानगरिय प्रहरी प्रभाग नागढुङ्गा प्रहरी टोलिले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर हुने बर्ष ३१ का तपस सस्मल रहेका छन् ।

बिरगन्जबाट काठमाडौं आउदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्दा सस्मलको साथमा रहेको झोलाबाट २२ तोला ३२ लाल परिमाण रहेको २४ थान सिक्री प्रहरीले बरामद गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनु भयो ।

पक्राउ परेका भारतिय नागरिक सस्मललाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान बिभाग पठाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome