आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

विप्लवको हतियार व्यवस्थापन नभएकोमा कांग्रेसका नेता केसीको आपत्ति

२१ फाल्गुन, २०७७ १६:५९ मा प्रकाशित

655 पटक पढिएको

arjun narsingh kc

चितवन – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहको हतियार व्यवस्थापन नभएकोमा आपत्ति जनाएका छन् ।

सरकारसँग गरिएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएको भन्दै यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको नेता केसीको भनाइ छ । हतियार व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले गम्भीर गल्ती गरेको उनले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो बताएका हुन् । ‘ सरकार र विप्लव नेतृत्वको नेकपा माओवादीबीचको तीन बुँदे सहमतिमा सकारात्मक रुपले हेरेका छौँ । त्यसलाई स्वागतयोग्य र सकारात्मक मान्दामान्दै पनि तीनबुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा छैन ’ केसीले भने ‘ यो कुरालाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । विप्लब समूहसँग हतियार नै छैन भन्ने त होइन । हतियार व्यवस्थापनमा ध्यान नदिएको कुरामा हामी गम्भीर छौँ ।’

यसवाहेक केसीले काँग्रेस अबको दुई वर्ष प्रतिपक्षको भूमिकामा बस्नुपर्ने धारणा राखे । कम्यूनिष्ट पार्टी कानूनी र प्राविधिक रुपमा नेकपा एउटै रहेको बताए । कुनै एक पक्षलाई सरकारमा सहयोग गरेरे सत्ताबाहिर बसेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।

केसीले भने ‘यो पाँच वर्षभित्र भएका विधीविहिनता, भष्ट्राचारको, बेथितीको भारी बोक्नु भन्दा अलग बस्नु राम्रो होला भन्ने मेरो धारणा हो । बाँकी पार्टीले निर्णय गर्ला ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome