शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप १२० जनामा कोरोना पुष्टि, ८३ डिस्चार्ज

२१ फाल्गुन, २०७७ १७:०३ मा प्रकाशित

542 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७० हजार ७६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ८३२ जना सक्रिय संक्रमित रहेका छन् । ५८ जना क्वारेन्टाईनमा छन् भने ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको पनि मृत्यु भएको छैन। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३ हजार १० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome