सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

सशस्त्रको गोली लागि घाइते भएका मियाँको मृत्यु, पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिइने

९ श्रावण, २०७७ ०६:४४ मा प्रकाशित

620 पटक पढिएको

dead body

धरान – सुनसरीको हरिनगरा गाउँपालिको घुस्कीमा सशस्त्र प्रहरीको गोली लागि गम्भीर घाइते भएका २० वर्यीय सहवाज मियाँको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

गत शुक्रबार राति भारतबाट अबैध सामान नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीसँग भएको झडपमा पेटमा गोली लागि हरिनगरा ७ का मियाँ घाइते भएका थिए ।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गरी गोली झिकिएको थियो । मियाँ तस्कर समूहका व्यक्ति भएको प्रहरीले बताएको छ । उनको मृत्युपछि परिवारले उचित क्षतिपूर्ति र सहीद घोषणाको माग राखेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पीडित परिवारसँग लिखित सहमति गरेको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी रोहवरमा सुनसरीका प्रमुख जिल्ला अधिकरी र प्रहरी प्रमुखले जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र घटनाको छानबिन गर्ने सहमति गरिएको छ ।

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र घटनाको छानबिन गर्ने सहमति गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।उनले पीडित परिवारसँग स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको सहमति अनुसार क्षतिपूर्तिका लागि संघीय सरकारसँग माग गरिने जानकारी दिए ।

मृतक परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेपछि स्थानीय प्रशासनसँग उक्त सहमति गरिएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।मृतको पोष्टमार्टम गरी दाहसंस्कारका लागि शव परिवारको जिम्मा लगाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome