आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

मिडिल तमोरमा कार्यरत दुई मजदुरको ढुंगाले लागेर मृत्यु

२२ फाल्गुन, २०७७ १९:१९ मा प्रकाशित

683 पटक पढिएको

mid tamor hydropower project

ताप्लेजुङ – ताप्लेजुङमा निर्माणाधिन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको सुरुङमा काम गर्ने दुईजना मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ ।

उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाको शनिबार दिउँसो मृत्यु भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार शनिबार दिउँसो सुरुङ खन्ने क्रममा ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो । ‘सुरुङ निर्माण गर्ने क्रममा सपोर्ट लगाइरहेको समयमा माथिबाट लडेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको हो’
आयोजनाका भुगर्भविद् सूर्य लिम्वूले बताए ।

मिक्वाखोला गाउँपालिका–२ को थुम्वाबाट फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनतर्फ सुरुङ खन्ने क्रममा दुर्घटना भएको हो । सँगै काम गरिरहेका अरु कामदार भने सकुशल रहेको लिम्बूको भनाइ छ ।

आयोजना अन्तर्गत १ हजार ३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । उक्त आयोजना सानिमा मीडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गरिरहेको छ । २०७४ सालमा निर्माण सुरु भएको आयोजना २०७८ मा सक्ने लक्ष्य छ । सुरुङ ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome