शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

धनगढीको फर्निचर सोरुममा लागेको आगो नियन्त्रणमा

२२ फाल्गुन, २०७७ १९:२२ मा प्रकाशित

646 पटक पढिएको

fire in dhangadi

धनगढी – सुदूरपश्मिको राजधानी धनगढीमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल आयल निगमको क्षेत्रीय डिपो भन्दा करिव सय मिटरको क्षेत्रमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो ।

स्थानीय युवाले सञ्चालन गरेको फर्निचर सोरुममा दिउँसो साढे १२ बजेपछि लागेको आगो नियन्त्रणमा आएको हो । आगलागीबाट सोरुममा राखिएका सबै फर्निचरका सामग्री जलेको सञ्चालकमध्येका एक भोजराज भट्टले बताए ।

सोरुमको भित्रि भागमा वेल्डिङ गर्दा त्यसको झिल्काले आगलागी भएको अनुमान स्थानीयले गरेका छन् । बन्दै गरेको सोरुमको उदघाटन हुनै बाँकी थियो ।

१० दिनपछि उद्घाटनको तयारिमा रहेको सोरुममा आगलागि भएको हो । प्रहरीले सोरुमको क्षतिको विवरण संकलन भइरहेको बताइरहेका वेला साझेदारले भने सात करोडको नोक्सान भएको बताएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी, पुनर्वास नगरपालिकाका दमकलले २ घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।

आगलागि भएको सोरुमको सामुन्ने आयल निगमको क्षेत्रीय डिपो छ । डिपोले पार्किङको व्यवस्थापन नगरेकाले इन्धन बोकेका सैयौं ट्यांकर पनि आगलागी भएको सोरुम अगाडि थिए ।

आगलागीले निगमको डिपोलाई असर नगरोस् भन्नका लागि नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome