मंगलवार, २७ श्रावण २०७७
मंगलवार, २७ श्रावण २०७७

IT Training Nepal

१४ वर्षीया विद्यार्थीलाई बलात्कारको आरोपमा निजी स्कुलको प्रिन्सिपलविरुद्ध उजुरी

९ श्रावण, २०७७ १४:४३ मा प्रकाशित

792 Views पटक पढिएको

rape graphic

रुकुम – निजी स्कुलको एक प्रिन्सिपलले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । सल्यानको बागचौर नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफ्नै १४ वर्षीया विद्यार्थीलाई बलात्कार गरेको पीडितको भनाइ छ ।

बागचौरमा रहेको एक निजी स्कुलका प्रिन्सिपल ३६ वर्षीय रामचन्द्र केसीले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

बालिकालाई ५ दिनदेखि निरन्तर रक्तश्राव भइरहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित व्यक्ति फरार रहेका छन् । उनको खोजि भइरहेको डीएसपी खतिवडाले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome