सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ८९ जनामा कोरोना पुष्टि, ४१ डिस्चार्ज

२४ फाल्गुन, २०७७ १७:१३ मा प्रकाशित

267 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७० हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ८७२ जना सक्रिय संक्रमित रहेका छन् । ५५ जना क्वारेन्टाईनमा छन् भने ८७२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३ हजार ११ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome