सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

नेकपा संसदीय दलको कार्यालयमा एमालेको बोर्ड

२६ फाल्गुन, २०७७ १७:५२ मा प्रकाशित

264 पटक पढिएको

cpl uml

काठमाडौं – नेकपा संसदीय दलको कार्यालयबाट बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) राखिएको छ। निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएसँगै नेकपा नामको साइनबोर्ड हटाएर बुधबार एमालेको बोर्ड राखिएको हो।

संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ।

सर्वोच्च अदालतको गत आइतबारको फैसलापछि मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो। नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भएकाले सोही नामको ओली–दाहाल अध्यक्ष रहेको दल खारेज गर्न रिट निवेदक ऋषिराम कट्टेलले दिएको निवेदनमा सुनुवाइ गर्दै अदालतले बदर गरी उनकै पक्षमा निर्णय सुनाएको थियो। देशभरका कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम सोमबार देखि नै जारी रहेको छ।

एमाले ब्यूँताइदिएपछि मंगलबार धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome