शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

खेलकुद मन्त्रालयद्वारा चार खेल पत्रकार सम्मानित

२३ असार, २०७७ ०३:०७ मा प्रकाशित

1007 पटक पढिएको

sports reporters appreciated

काठमाडौं, २३ असार : युवा तथा खेलकुद मन्त्रालयले चार खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ। सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्ट्का रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पाठक रहेका छन्।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका थिए।

सोही अवसरमा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरेका थिए।

राखेपमा ढकाल

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो। उनी मन्त्रालयअन्तर्गत खेलकुद विभाग महाशाखाका प्रमुख पनि हुन्। नयाँ खेलकुद विकास ऐन गत बिहीबारबाट लागू भएसँगै राखेपको सदस्यसचिव पद रिक्त रहेको छ। मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।

नयाँ ऐन लागु भएसँगै राखेपका सदस्यसचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो। नयाँ ऐनमा सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ। ऐनमा योग्यता पूरा भएका ब्यक्तिबाट सदस्यसचिवको नियुक्तिको लागि एक जना महिलासहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। मन्त्रालयले तीन जनाको प्रस्तावलाई मन्त्री परिषद्मा पेश गर्ने र त्यसमध्ये एक जनालाई सदस्यसचिव नियुक्त गर्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome