सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

अध्यक्ष र महासचिवबाहेक एमालेमा सबै पद खारेज, गृहमन्त्रीसहित माओवादीका २२ नेता केन्द्रीय सदस्यमा

२८ फाल्गुन, २०७७ १७:५५ मा प्रकाशित

778 पटक पढिएको

ram bahadur thapa

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

धानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

त्यसैगरी ओलीले गृहमन्त्री बादलसहित माओवादी केन्द्रका २२ नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

मनोनित नेताको सूची

  • रामबहादुर थापा ‘बादल’
  • टोपबहादुर रायमाझी
  • लेखराज भट्ट
  • मणिचन्द्र थापा
  • प्रभु शाह
  • टंक आङबुहाङ
  • पासाङ शेर्पा
  • ज्वाला शाह
  • टेकबहादुर बलामी
  • कमल चौलागाई
  • मनोज थापा
  • खिमलाल अधिकारी
  • लिलाबहादुर थापा
  • दधिराम न्यौपाने
  • दिनेश पन्थी
  • नवीन रोका
  • धर्मराज रेग्मी
  • डम्बर विष्ट
  • गौरीशंकर थारु
  • झपट बोहोरा
  • दावा लामा
  • चन्द्रबहादुर खड्का

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome