शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उद्योगको पानी नालामा बग्न नदिँदा अर्बौको लगानी जोखिममा

२८ फाल्गुन, २०७७ १७:५८ मा प्रकाशित

722 पटक पढिएको

agm birgunj industrial association

वीरगन्ज – वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन् ।

शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधरणसभाको उद्घाटन सत्रमा यहाका उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । वीरगन्ज पथलैया औद्योगिक कोरीडोरमा निर्माणाधीन व्यपारिक मार्गको नालामा सडक विभागले उद्योगबाट निस्कने पानी फाल्न नदिन उर्दी नै जारी गरेको उद्योगीहरुले बताए ।

निर्माणाधीन ६ लेनको व्यापरिक मार्गको नालामा उद्योगको पानी फाल्न नदिइए औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सञ्चालनमा निकै ठूलो समस्या आएको बताए ।

पथलैयादेखि परवानीपुर सम्मको सडक विस्तार गरि ६ लेनको र परवानीपुर देखि गण्डक चोक सम्ममको सडक चार लेनको बनाउने काम चलिरहेको छ । ती दुवै सडक विस्तारका क्रममा अहिले निर्माण गरिएको नालामा उद्योगबाट निस्कने पानी फाल्न नपाइने सडक विभागले उर्दी जारी गरेका कारण यसले अर्बौको औद्योगिक लगानी डुब्ने खतरा रहेको उद्योगीहरुको तर्क छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओम प्रकाश शर्माले भने, ‘६ लेन सडकको नालामा उद्योगको पानी फाइलन नपाइने सडक विभागले उर्दी नै जारी गरेको छ , न कुनै डम्पिङ साइट छ , न वेष्टेज फाल्ने कुनै विकल्प दिएको छ, यदि यस्तै गर्ने हो भने यहाका प्राय सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने निश्चित छ । ‘

अहिले निर्माण गरिएको नालामा वर्षाका बेला सडकको पानी मात्र निकास हुने तर उद्योगका पानीको भने निकास नहुने गरि निर्माण गरिएकाले वर्षाका बेला उद्योगहरु नै डुबानमा पर्दै आएको उनले बताए ।

उनले राज्यले नीजी क्षेत्रलाइ अपराधी र चोर बनाउने काम मात्रै गरिरहेको आरोप पनि लगाए । उनले भने ,‘ व्यवसायीले भ्रष्टचार गरयो भने हत्थकडी लगाइन्छ तर नेताले भ्रष्टचार गरयो भने उसलाइ सुनपानी छर्किएर चोखो पारिन्छ । ‘

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले पनि व्यपारिक मार्गको नालामा उद्योगको पानी फाल्न बन्देज लगाइएका कारण वर्षामा प्राय सबै उद्योगहरु डुबानमा पर्ने गरेको सुनाए ।

बेलैमा सडक विभाग वा सरकारले आफनो निर्णय नसच्याए वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका सबै उद्योगहरु बन्द नै गर्नु पर्ने अवस्था आउने उनले बताए । लाठले देशकै सबै भन्दा बढी उद्योग कलकारखाना रहेको पर्सा बारा र रौतहटमा सरकारले अहिलेसम्म एउटा पनि औद्योगिक कोरिडोर घोषणा गर्न नसकेको गुनासो पनि गरे ।

उनले सम्पति अभिलेखिकरण ऐन नआएसम्म देशमा भ्रष्टचार निर्मुल हुन नसक्ने पनि बताए । उद्घाटन ससत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ बाग्मी प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले वीरगन्जलाइ औद्योगिक र आर्थिक नगरि भन्न पनि राज्यले कन्जुस्याइ गरिरहेको आरोप लगाए ।

वीरगन्जको नीजी क्षेत्रले उठाउँदै आएका मुद्धा नै मुलुकको नीजी क्षेत्रको मुद्धा हुने गरेको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले नीजी क्षेत्रले उठाएका मुद्धाहरुको सम्बोधन गराउन महासंघले वकालत गर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नीजी क्षेत्रका व्यसायिक मुद्धालाइ तीनै तहका सरकारले स्वमित्व ठानेर सम्बोधन गरेमा मुलुकको अर्थतन्त्रले छिटटै फड्को मार्ने दाबी गरे ।

उनले वीरगन्जका उद्योगी व्यवसायीका समस्या सामधानका लागि सरकार समक्ष पुरयाएर सम्बोधन गराउन महासंघले पहल गर्ने पनि बताए । उनले वीरगन्जका उद्योगी व्यवसायीको देशको औद्यौगीक विकासमा महत्वपुर्ण भूमिका रहेकाले कहिले पनि विभेद नगरिने बताए । साधरणसभाबाट निर्वाचत संघको नयाँ कार्यसमितिको चैत १ गते घोषणा गरिने अध्यक्ष केडियाले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome