शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १० सहित थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,३७४ पुग्यो

९ श्रावण, २०७७ १७:०९ मा प्रकाशित

614 पटक पढिएको

corona positive

काठमाडौं – काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

यस्तै मन्त्रालयका अनुसार शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो । बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ।क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome